तोलामा ५ सयले घट्यो सुनको भाउ
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। बुधबार ९ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार ५ सय रुपैयाँले घटेको हो।
आज छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाला सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, बिहीबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। बुधबार प्रतितोला ११ सय ६५ मा कारोबार भएको चाँदीको भाउ बिहीबार १० रुपैयाँले घटेको हो। आज चाँदी ११ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
सम्बन्धित खबर
ब्याजदर बढ्दा आत्तिनु पर्दैनः डेपुटी गभर्नर मिश्र
१९ मंसिर २०८२, बिहीबार
प्रतिकुल अवस्थाका बिच ‘क’ बर्गका बैंकको कमाए ६३ अर्ब, नबिल पहिलो स्थानमा
१९ मंसिर २०८२, बिहीबार
म्युचुअल फन्ड के हाे ? यसमा लगानी गर्दा कस्तो फाईदा हुन्छ ?
१९ मंसिर २०८२, बिहीबार
