Banking Khabar
अर्थतन्त्र

बैंकहरुले भदौ १५ गतेसम्मको लाभांस दिन पाउने

September 23, 2021
सेयर:

७ असोज, काठमाडौं । बैंकहरुले भदौ १५ गतेसम्मको चालु आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गर्न पाउने भएका छन् ।

इजाजतपत्र प्राप्त बैंक वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांस स्वीकृत गर्ने सम्ब्नधी कार्यविधि २०७७ को पहिलो संशोधनमा उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार विध्यमान नेपाल वित्तीय प्रतिवेदनमान एनएफआरएस बमोजिम वित्तीय विवरण जारी गर्ने स्वीकृति को मितिसम्मका एडजस्टिङ इभेन्टलाई गत आर्थिक वर्षको वित्तीय विवरणमा समायोजन गर्न सकिने तर लाभांश घोषणा गर्ने प्रयोजनका लागि २०७८ भदौ १५ गते भित्रका र बाह्य लेखापरीक्षकद्धारा एडजस्टिङ इभेन्ट हो भनि प्रमाणित गरेका इभेन्टलाई समायोजन गरी हुन आउने नाफा नोक्सान हिसाबलाई बधार लिई लाभांश स्वीकृति प्रदान गरिने छ ।

तर कर्जा नोक्सानी व्यवस्था फिर्ता रकम समायोजन गर्ने हकमा धितोमा रहेको सम्पत्ती बिक्री तथा ऋणीको आन्तरिक नगद प्रवाहबाट कर्जा चुक्ता गरेको अवस्थामा मात्रै सो कर्जामा कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकमलाई समायोजन गर्न सकिनेछ ।