Banking Khabar
बैंकिङ

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई दराजको दशैं धमाका योजनामा २० % छुट

September 27, 2021
सेयर:

११ असोज, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

दशैंलाई लक्षित गरी दराजले २०७८ साल असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुटको सुबिधा उपयोग गर्न सक्ने भएका हुन् ।

बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम २ हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गर्नुभएमा २० प्रतिशत वा अधिकतम २५ सयसम्म छुटको पाउनेछन् ।

दशैं धमाका योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशत सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।