आइएमई पेको दशैं अफर, हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासव्याक
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ – ‘आइएमई पेले दसैंको झट्का स्कीम सार्वजनिक गरेको छ। अफर असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे एक घण्टाका लागि लागू गरिएको छ।
स्किमअन्तर्गत आफ्नो आइएमई पे वालेटबाट हवाई टिकट किन्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था मिलाइएको छ। क्यासव्याकको सीमा २ हजारसम्म रहेको छ।
अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइने कम्पनीको भनाइ छ।
यो योजनाबाट सेवाग्राहीले अधिकतमा फाइदा लिनेमा आफ विश्वस्त रहेको आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले बताए।
