Banking Khabar
Uncategorized

नर्भिकले मुटुको जाँचमा १० प्रतिशत छुट दिने

September 29, 2021
सेयर:

काठमाडौं– विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ।

नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो।

यो अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन्।

यो अफर २९ सेप्टेम्बर (आज)देखि लागू भई २ अक्टूबरसम्म कायम रहने अस्पतालले जनाएको छ।