Banking Khabar
Uncategorized

आयोग पुगे रेशम चौधरी

July 26, 2021
सेयर:

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरी आयोग पुगेका हुन ।

सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न बोलाएको थियो ।

डिल्लीबजार कारागारबाट चौधरी त्यसकै निम्ती आयोगमा पुगेका हुन् ।