साहित्यकार डा.नवराज लम्सालको महाकाव्य ‘अग्नि’ सार्वजनिक
काठमाडौँ – साहित्यकार डा नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयित्री डा गीता त्रिपाठीले संयुक्तरुपमा महाकाव्यको लोकार्पण गर्नुभएको हो ।
देशको राजनीति र इतिहासमा पछि परेका सीमान्तकृत वर्गसमुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरबारको चर्चा गरिएको छ ।
राज्यशक्तिको बलमा सीमान्तकृत समुदायलाई कसरी पीडा पुर्याउन सक्छन् लगायत घटनाका नालीबेली तथा त्यसबेलाको समाज, पात्र र प्रवृत्ति समेटेर तयार गरिएको महाकाव्यमा समाज शुद्धीकरण, कर्मका आधारमा व्यक्तित्व निर्माण र मुक्ति प्राप्त विषयमा ज्ञान दिन खोजिएको छ । यस अवसरमा लेखक आहुतिले साहित्यकारका सिर्जनामा दलित पात्र हुँदैमा सीमान्तकृत समुदायका आवाज र हकहितका लागि सम्बोधन भइहाल्छ भन्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सिर्जनामा दलित पात्र हुँदैमा त्यस वर्ग समुदायको हित गर्छ भन्ने हुन्न, विगतका केही चर्चित पुस्तकमा जात प्रथाको उत्पीडनमा परेकालाई दया प्रदान गर्ने सिवायक ठोस कुरा पाइन्न तर यस महाकाव्यले समाजका विकृति, विसङ्गति र जातीय व्यवस्था परिवर्तन गर्न सहयोग गर्नेछ ।
समालोचक डा रामप्रसाद ज्ञवालीले युग विशेषमा सीमान्तकृत जाति, वर्ग समुदाय कसरी सामाजिक र सांस्कृतिक शोषणमा परे भन्ने विषयवस्तु काव्यका माध्यमबाट समाजमा सुसूचित गराउन साहित्यकार लम्साल सफल भएको धारण राख्नुभयो ।
सम्बन्धित खबर
सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा
२७ मंसिर २०८२, शुक्रबार
नर्भिक हस्पिटललाई गैरकानुनी संरचना भत्काउँन महानगरले थप समय दिने
२७ मंसिर २०८२, शुक्रबार
विदेशमा रहेका नेपालीले मेरो सेयरबाट नै आईपीओ भर्न पाउने
२७ मंसिर २०८२, शुक्रबार
