Banking Khabar
Heading1

आशा लघुवित्तको २५ प्रतिशत बोनस सेयर

October 4, 2021
सेयर:

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २६. ३१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

लघुवित्त सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजीको २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्ये २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ।