नेपाल इन्भेष्टमेन्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत लाभांश दिने भएको छ। बैंक सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांशमध्ये ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।
सम्बन्धित खबर
कर कार्यालयले दियो दुर्गा प्रसाईंलाई आयकर तिर्न १५ दिने ‘अल्टिमेटम’
१९ मंसिर २०८२, बिहीबार
‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ सुन्दरीले प्रतिष्पर्धा गर्दै
१९ मंसिर २०८२, बिहीबार
अमेरिकाको एक विश्वविद्यालयमा गोली चल्यो, एक जनाको मृत्यु, सात घाइते
१९ मंसिर २०८२, बिहीबार
