महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा

समचार BusinessSarokar | ५ माघ २०८२, आइतबार

काठमाडौं– महिला लघुवित्त वित्तीय संस्थाले ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp