बैंक अफ काठमाडौंका ग्राहकलाई काठमाडौं गेस्ट हाउसका होटल तथा रिसोर्टमा १५ प्रतिशत छुट
बैंक अफ काठमाडाैं लिमिटेड र काठमाडाैं गेस्ट हाउसबीच छुट दिनेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार काठमाडाैं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा उक्त बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने भएका छन्।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा सुबिधाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउने समेत सम्झौता भएको छ।
काठमाडाैं गेस्ट हाउसको म्युजियम अफ नेपाली आर्ट्स प्रवेश शूल्कमा पनि ग्राहकले ५० प्रतिशत छुट पाउनेछन्। साथै काठमाण्डौं गेस्ट हाउस समुह अन्र्तगत विभिन्न ७ स्थानहरु काठमाडाैं गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तिसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, मारुनी स्यान्कचुअरी लज, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमष्ट १५ प्रतिशत छुट पाइनेछ।
उक्त छुट उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।काठमाडाैं गेस्ट हाउस ग्रुपले विगत ५० वर्षदेखि देशका प्रमुख सहरहरूबाट सेवा दिँदै आएको छ।
बैंक अफ काठमाडाैंकाे ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टर छन्।
सम्बन्धित खबर
बैंकहरूको कर्जा र निक्षेप निरन्तर ओरालो
१९ मंसिर २०८२, बिहीबार
प्रि ओपनमा करिब पाँच अंक बढ्यो नेप्से
१९ मंसिर २०८२, बिहीबार
सनराइज बैंकको १४ औं वार्षिक उत्सवमा रक्तदान कार्यक्रम आयोजना
१९ मंसिर २०८२, बिहीबार
