सुन र चाँदीको मूल्य सामान्य बढ्यो

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौँ – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार २४५ रुपैयाँ कायम भएको छ

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp