Banking Khabar
Heading1

लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले बोलायो साधारण सभा

November 11, 2021
सेयर:

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा मंसिर १७ गते हुने भएको छ। दरबारमार्गस्थित बैंकको केन्द्रीय  कार्यालयमा हुने ३५औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्नेछ।सभाले हाल कायम चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसका साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्तावसमेत पारित गर्ने जनाइएको छ।