Banking Khabar
Heading1

लक्ष्मी बैंकको लाभांश घोषणा

November 11, 2021
सेयर:

काठमाडौं– लक्ष्मी बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको आज बसेको बैठकले बोनस सेयर र नगद गरी कुल ११.५% लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकको प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।