प्रभु इन्स्योरेन्सको नाफा १६ दशमलव १७ प्रतिशतले वृद्धि
बीमा
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा छ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १६ दशमलव १७ प्रतिशतले वृद्धि गरेको हो। समीक्षा अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आम्दानी छ दशमलव १४ प्रतिशतले बढेर २३ करोड ६५ लाख ८६ हजार रुपैयाँ पुगेको छ। कम्पनीको बीमा कोषमा ८३ करोड २८ लाख रुपैयाँ छ।
प्रभुको जगेडा कोषमा नौ दशमलव ७६ प्रतिशतले बढेर २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ जम्मा भएको छ। यस अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने छ रुपैयाँ कायम भएको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ छ।
सम्बन्धित खबर
आइएमई जनरलको बोनस शेयर नेप्सेमा सूचीकृत
१९ मंसिर २०८२, बिहीबार
सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ प्रतियोगि सहित निर्णायकहरु दुर्घटना बीमा गर्ने
१९ मंसिर २०८२, बिहीबार
आइजीआई प्रुडेन्सियल’ बन्यो देशकै ठूलो निर्जीवन बीमा कम्पनी
१९ मंसिर २०८२, बिहीबार
