कामना सेवा विकास बैंक एनसीएचएलको नेशनल पेमेन्ट स्विचमा आबद्ध
बैंकिङ
BusinessSarokar
|
९ फागुन २०८२, शुक्रबार
कामना सेवा विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० ले सञ्चालनमा ल्याएको पहिलो चरणको नेशनल पेमेन्ट स्विचमा आबद्ध भएको छ।
यससम्बन्धी सम्झौतापत्रमा कामना सेवा विकास बैंक र एनसीएचएलबीच आज हस्ताक्षर भएको हो। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरु तथा कार्यकारी निर्देशकहरुसहित अधिकारीहरुको सहभागिता थियो।
ग्राहकले एउटा प्रणालीमार्फत आईपीएस, कनेक्टआईपीएस, क्यूआर र अन्य डिजिटल इकोसिस्टमजस्ता सेवा र रकम ट्रान्सफर गर्न पाउनेछन्।
यसका साथै यस प्रणालीमा आबद्ध भएपश्चात ग्राहकले पहिलो चरणमा मोबाइल बैंकिङ, ई–बैंकिङ, ई–वालेट र क्यूआरबाट गरिने भुक्तानी नेसनल पेमेन्ट स्विचमार्फत गर्न सक्नेछन्।0
सम्बन्धित खबर
कृषि विकास बैंकले रोल्पामा सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम
हिमालयन बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्यू आर सुविधा प्रदान गर्ने सम्झौत
कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त
