किन बढिरहेको छ क्रिप्टोकरेन्सीको प्रयोग ?

७ मंसिर २०७८, मंगलवार ०४:११

इतिहासलाई फर्केर हेर्नेहो भने कुनै समय कुनैपनि मुद्रा अस्तित्वमा थिएनन् केवल वस्तु सँग वस्तु साटेर भोगचलन गर्न गरिन्थ्यो । यसको केही समय पछि विस्तारै छाला धातु तथा कागजका नोटहरू अस्तित्वमा आए जसले भौतिक वस्तु साटफेर गरेर कारोबार गर्दा हुने असहजता लाई समाधान गर्यो र आज भोलि सामान्यतया कागजी नोट र सिक्काहरू प्रचलनमा छन् ।

कागजी नोटलाई र अहिलेका मुद्रालाई हर्नेहो भने हाल विश्वमा एक किसिमको मुद्रा प्रचलनमा आएको छ जुन पूर्ण रूपमा डिजिटल छ जसलाई क्रिप्टोकरेन्सी भनिन्छ । क्रिप्टोकरेन्सीलाई भविष्यको मुद्राको रूपमा विश्वबजारमा परिभाषा दिइन्छ । आखिर के हो क्रिप्टोकरेन्सी ,क्रिप्टोकरेन्सीले कसरी काम गर्छ , केही चर्चित क्रिप्टोकरेन्सी , यसको प्रयोगको फाइदा , बेफाइदा तथा नेपालमा यसको कानुनी अवस्थाका बारेमा संक्षिप्तमा बुझ्नेछौ ।

क्रिप्टोकरेन्सी के हो रु

सामान्य भाषामा बुझ्दा क्रिप्टोकरेन्सी एक डिजिटल मुद्रा हो जसको उपयोग हामीले अन्य मुद्राको जस्तै गर्न सक्छौ ।

यो कम्प्युटर ऐल्गरिदम मा बनेको हुन्छ र पिएर टू पिएर बिधयुतीय प्रबिधि मा काम गर्दछ । यस्को नियंत्रण कुनै पनि निकाय सँग हुँदैन र यसको मुख्य विशेषता नै यो बिकेन्द्रीक्रीत हुनु हो तेसैले यस्लाई स्वतन्त्र मुद्रा पनि भन्ने गरिन्छ। यसमा कुनैपनि सरकार र बैंक को जानकारी बिना कारोबार गर्न सकिने हुँदा केही व्यक्तिहरूले यसको गलत कार्यकोलागी प्रयोग हुन सक्ने बताउँछ।

क्रिप्टोकरेन्सी मा ब्लॉकचेन टेक्ननोलोजी मा कारोबार हुने हुँदा हामिले गरिने प्रत्येक कारोबारलाई डिजिटल सिग्नेचर द्वारा प्रमाणित गरिने हुँदा यसको विश्वसनीयता बढेको हो ।

सबैभन्दा पहिलो क्रिप्टोकरेन्सी बीटकोइन हो । येसको सुरुवात सन् २००९ मा सुरुभएको थियो जसलाई इन्जिनियर सतोषी नाकमोतोले बनाएका थिए।

केही प्रख्यात क्रिप्टोकरेन्सीस स्

१. बीटकोइन(BTC)

२. ईथेरीएम (ETH)

३. रिपल (XRP )

४. थेटेर (USDT)

५. लाइटकोइन (LTC)

क्रिप्टोकरेन्सीले कसरी काम गर्दछ रु

क्रिप्टोकरेन्सी ब्लॉकचेन टेक्ननोलोजीमा आधारित हुन्छ अर्थात् यसमा हुने हरेक कारोबारहरुलाई एंट्री गरी रेकर्ड राख्ने गरिन्छ । यी कारोबारहरुको तथ्याङ्कलाई शक्तिशाली कंप्युटरहरु द्वारा सुरक्षित रूपमा व्यवस्थापन गरी निगरानी गर्ने प्रक्रियालाई क्रिप्टोकरेन्सी माइनिंग भनिन्छ ।

जब कुनै माध्यमबाट क्रिप्टोकरेन्सी को कारोबार हुन्छं तब उक्त कारोबारको सम्पूर्ण जानकारी एक ब्लकमा एंट्री हुन्छ र यस्ता धेरै करोबारहरु प्रक्रियागत रूपमा धेरैवटा ब्लकमा राखिन्छ र ती ब्लकहरु मिली चेन बनाउँछन्। कुन कारोबारलाई कुन ब्लकमा राखिएको छ भन्ने कुरा सिधै पत्ता लगाउन असम्भव नै हुन्छं । कुन कारोबार कुन ब्लकमा छ भनी पत्ता लगाउन विशेष कोड को आवश्यकता पर्दछ। यी सबै ब्लक हरुको सुरक्षा तथा एन्क्रिप्शन को काम माईनर्सहरुको हुन्छं। यसको लागि उनीहरूले विशेष किसिमको क्रिप्टोग्राफिक जटिलता को समाधान गरी ब्लकको लागि उचित क्रिप्टग्राफिक ह्यास ९विशेष कोड० खोजी गर्छन् ।

जब माइनर्स हरुले उपयुक्त क्रिप्टग्राफिक ह्यास कोड प्राप्त गर्छन र ब्लक लाई सुरक्षित गर्छन तब उक्त ब्लॉक लाई ब्लॉकचेनमा जोडिन्छ र उक्त नेटवर्क मा जोडिएका अन्य नोड ९कंप्युटर० हरु द्वारा त्यस डाटालाई भेरीफाइ गरिन्छ यस प्रक्रियालाई कनसेनसोस भनिन्छ।

जब कनसेनसोस मा ब्लक सिक्युर भएको जानकारी प्रमाणित हुन्छं तब यस प्रक्रिया सवै भन्दा पहिला पुरा गर्ने माइनर्स लाई सोही क्रिप्टोकरेन्सी उपहार दिने गरिन्छ जुन उपहार लाई प्रूफ अफ वर्क भनिन्छ।

किन बढिरहेको छ क्रिप्टोकरेन्सीको प्रयोग रु

हालको समयमा संसारभरमा यसको प्रयोग निकै बढेको पाइन्छ र प्रायः धेरै युवाहरू येशबारेमा छलफल गरेको पाइन्छ । विज्ञहरुले सन् २०३५ सम्म ३०५ भन्दा बढी राष्ट्रहरूको मुद्रा क्रिप्टोकरेन्सी ले विस्थापन गर्ने बताउँदै आएका छन् यहाँ हामी केही विषयमा बुझ्ने छौ ।

मानवीय हस्तक्षेप भन्दा बाहिर

यो पूर्ण रूपमा बिकेन्द्रीक्रीत प्रणालीमा काम गर्ने र यसअन्तर्गत सबै लेखाजोखा कंप्युटरप्रबिधि मा हुने हुँदा यस्मा कतैबाट पनि मानवीय हस्तक्षेप हुँदैन।

क्रिप्टोकरेन्सी आफैमा स्वतन्त्र मुद्रा हुने हुँदा कुनै पनि नीति नियम ले प्रतक्ष रूपमा असार देखाउँदैन । राष्ट्रभित्र हुने मौद्रिक तथा आर्थिक घोटालाका कारण मूल्य ह्रास हुने सम्भावना सुन्य हुने हुँदा येसको प्रयोगको लोकप्रियता बढेको पाइन्छ।

कारोबारमामा सहजता तथा पारदर्शी कारोबार

कुन क्रिप्टोकरेन्सी जम्मा कति माइन हुने भन्ने कुरा सुरुवातमा नै निर्धारण गरिएको हुन्छ । राष्ट्रहरूले आफू खुसी मुद्रा बजारमा ल्याउन पाउँछन् भने यस्मा यो पूर्वनिर्धारित भएको हुन्छ र निश्चित आँकडा भन्दा बढी बजारमा आउँदैन त्यसैले येसको वैल्यू बजारमा सोही प्रकारले थपघट भइरहेको हुन्छ क्रिप्टोकरेन्सी वैधानिकता पाएको देशबाट सहजै कारोबार गर्न सकिन्छ भने पछिल्ला केही वर्षको तथ्याङ्कलाई हेर्दा यसमा लगनिगर्ने हरुले राम्रो लाभ उठाएको देख्न सकिन्छ ।

क्रिप्टो करेन्सीको प्रयोगमा बृद्धि भएको देशहरूमा ब्लॉकचेनमा आधारित धेरै सफ्टवेयर निर्माण गरिएको पाइन्छ जसले आर्थिक पारदर्शिता मा सहयोग पुर्याएको दाबी गरिएको छ।

स्सुरक्षित कारोबार

क्रिप्टोकरेन्सी तथा ब्लॉकचेनको अध्ययन गर्दै आएका विषेशज्ञ हरुले क्रिप्टोकरेन्सी लाई ह्याक तथा म्यानीपुलेट असम्भव रहेको दाबी गर्दै आएका छन्। ब्लॉकचेनटेक्ननोलोजी मा यस अन्तर्गतका तथ्याङ्क हरुलाई एन्क्रिप्शन गरी सार्वजनिक रूपमा राख्ने गरिन्छ जसले अन्य किसिमका घोटाला हरुलाई न्यूनीकरण गर्दछ । ब्लॉकचेनमा राखिने तथ्यांकहरुलाई प्रत्यक कारोबारमा निगरानी गरिन्छ र प्रत्यक कारोबार पछि अपडेट हुन्छ्। अपडेट भने प्रबिधि अनुसार हुन्छं जस्तैस् बीटकोइन १० मिनेट को अन्तरालमा अपडेट हुन्छ त्यस्तै ईथेरीएम प्रत्यक १५ सेकेण्ड मा अपडेट हुन्छ भने नया ब्लॉकचेनहरु १ १ सेकेण्ड मा अपडेट हुन्छ जसले प्रयोगकर्ताको सुरक्षा लाई बढाउँछ साथै अपडेट भएको डाटा सार्बजनिक नेटवर्क मा बिशेष कोड को रूपमा सार्वजनिक रखिन्छ ।

नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धि अवस्था स्

नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीलाई कानुनी मान्यता दिएको छैन। ई सं २०१७ मा राष्ट्र बैंकले नियम जारी गर्दै यो गैरकानुनी भएको जनाएको थियो साथै केन्द्रीय अनुसन्धान ब्युरोले २ जना व्यक्तिलाई बीटकोइन माइनिंग र एक्सचेंज मा आबद्ध रहेको जनाउँदै गिरफ्तार गरेको थियो ।

नेपाल राष्ट्र बैंकले ऐन २०५८ र वैदेशिक विनिमय ९ नियमित गर्ने ऐन० २०१९ का अनुसार ूक्रिप्टोकरेन्सी मुद्रा नभएको साथै येसको डिजिटल कारोबार तथा विनिमय अवैधानिक रहेको हुँदा यसको प्रयोग गरी कारोवार गर्न रोक लगाइएको छ।

लगानीकर्ताको सुरक्षाको लागि राष्ट्र बैंक चिन्तित रहेको , साथै लगानीकर्तालाई पूर्ण ज्ञान नभएको र कालो धन लाई सफाई लाई सहज बाटो हुनसक्नेहुँदा यसले निकटतम भविष्यमा दुर्घटना सक्ने जानकारहरु बताउँछन्।

हाल सालै केही समय यता भने नेपालमा यस विषयमा समय समयमा बहस भइरहेको छ । अर्थमन्त्री तथा पूर्व अर्थमन्त्री हरुले आफ्नो विचार बेला बेलामा राख्दै आउनुभएको छ।

वि सं २०७७ असोज १७ गते बुधबारका दिन एपी १ एचडी मा प्रसारित कार्यक्रम ूदी ब्रभो डेल्टा शोू मा पत्रकार भुषण दाहालसँग नेपाल राष्ट्र बैंकका गभर्नर सी ए महाप्रसाद अधिकारी ज्यूले क्रिप्टोकरेन्सी बारे राख्नुभएको विचार यसप्रकार रहेको छ ।

पत्रकार स्क्रिप्टोकरेन्सी बारे गभर्नर को धारणा रु

गभर्नर स् क्रिप्टोकरेन्सी अहिलेलाई सबै मुलुकमा बैधानिक भने छैन , हुनसक्छ। हुनै नहुने भन्ने हैन हाम्रो आफ्नै नेपालकै वर्चुअल करेन्सी न आर बि कै वर्चुअल करेन्सी भोलि बन्न सक्छ तर यो भनिरहँदा हामीले बीटकोइन वा अर्को कुनै कोइन लाई हामीले यहाँ पर्मिट दिनुपर्छ यहाँ कारोबार गराउनुपर्छ भन्ने बाध्यता हैन , मुलुकको आफ्नो वर्चुअल करेन्सील्याउने भने त्यो चाई हुनसक्छ।

विकासोन्मुख राष्ट्रहरूमा क्रिप्टोकरेन्सी लाई भविष्यको मुद्रा भनी परिचय दिँदै गर्दा अन्तराष्ट्रिय बजारमा भने क्रिप्टोकरेन्सी वर्तमानको आवश्यकता बनी सकेको छ । क्रिप्टो करेन्सीको कुरा गर्दा सधैं विश्व २ ध्रुवमा विभाजित हुन्छ कुनै समूह ले यसको प्रयोग लाई बढावा दिने कुरा राख्दछन भने अर्को समूह येसको प्रयोगले आतंकबाद र शान्ति भागमा बढावा दिने विचार राख्दै आएका छन् ।

विश्व का प्राय देशहरुले यस्लाई वैधानिकता दिने पक्षमा छन् भने प्रायः राष्ट्र हरु आफ्नै भर्चुअल करेन्सीको तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *