आर्थिक हिनामिना गरेका सप्तकोशी डेभलपमेन्ट बैंकका सिइओलाई पक्राउ गर्न माग

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

सप्तकोशी डेभलपमेन्ट बैंकको रकम हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन्।

हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले आज पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी हिमाललाई फसाएको प्रशस्त प्रमाण फेला परेको जानकारी दिए। बैंकमा करिब १६ करोड हिनामिना भएको र सो रकम प्रमुख कार्यकारी अधिकृत सुवेदीकी बहिनी भनिने बबिता सुवेदीको खाताबाट करिब १४ करोडभन्दा बढी रकमको कारोबार देखिएकाले सुनियोजित तरिकाले भट्टराई फसेको बताइएको छ।

रकमको कारोबार हुने शाखामा नरहेका भट्टराईलाई प्रमुख कार्यकारी सुवेदीले नै पटकपटक रकम झिक्न लगाई सो रकम लिने गरेको हिरासतमा रहेका हिमालले आफ्ना बुबालाई भनेका छन्।

“मेरो छोरा निर्दोष छ। परिबन्दमा परेर फसेको हो”, बुबा अमृतप्रसादले भने।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp