इसेवाले फेरि ल्यायो ‘रिफर एण्ड अर्न’ अफर

Uncategorized BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुनः रिफर एण्ड अर्न अफर सार्र्वजनिक गरेको छ । इसेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो । यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् ।

यस अफर अन्तर्गत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा रु २० आम्दानी गर्न सक्नेछन् । यस्तै इसेवामा न्यूनतम रु सय रकम लोड गर्दा रु ५ र कारोबार गर्दा रु १० सहित रु ३५ आम्दानी गर्न सकिन्छ । रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिनभित्र सोही लिंक क्लिक गरि आग्रह–रिफर स्विकार गर्नु पर्नेछ ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। \[p

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp