Banking Khabar
Heading3

सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक

March 20, 2022
सेयर:

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताएका छन् ।

नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष हमालले सेयर बजारमा लगानी कोषको भुमिका महत्वपुर्ण हुने भन्दै कोससँग सहकार्य गर्न बोर्ड तयार रहेको जानकारी गराए ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करीव ८ लाख भन्दा बढी सहभागीहरुलाई आबद्ध गराई आफ्नो सेवा देशभर पु¥याइरहेको बताए ।

कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड रुपैया पुगेको छ भने चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम १ खर्ब ८४ अर्ब ९० करोड रुपैया रहेको छ । यो अवधिमा कोषले १ खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको छ । कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने बिषयलाई कोषले उच्च प्राथमिकता दिएको पनि कार्यकारी निर्देशक नेपालले बताए ।

कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई संचालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुर्नबिमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुटयाइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर कम्पनीको रुपमा रहेको पनि नेपालले बताए ।

कोषका विभिन्न कार्यहरुलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको उनको भनाई थियो । कार्यकारी निर्देशक नेपालले कोषले आवाश कर्जा बापत सहभागीलाई १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपैया मध्ये जुन कम हुन्छ सो बराबरको रकम प्रदान गर्ने कार्य सुरु गरी सकेको धारणा राखे । उनले कोषका कार्यक्रममा पति, पत्नि दुवै सहभागी भएको भए आवाश कर्जा सिमालाई १ करोड रुपैयाँ सम्म सुबिधा प्रदान गर्ने कार्य सुरु गरीसकेको जानकारी दिए ।

Share this: