Banking Khabar
Heading3

केसीएल अस्ट्युट क्यापिटलले आजदेखि गरिमा क्यापिटलको नामबाट सेवा सुरु गर्ने

March 28, 2022
सेयर:

केसीएल अस्ट्युट क्यापिटलले आजदेखि गरिमा क्यापिटलको नामबाट सेवा सुरु गर्ने भएको छ ।

गरिमा विकास बैंकले बहुमत सेयर खरीद गरेपछि केसीएल अस्ट्यूट क्यापिटलले सबै प्रकृया पूरा गरेर गरिमा क्यापिटलको नामबाट सेवा सुरु गर्न लागेको हो ।

गत असार पहिलो साता गरिमा विकास बैंकले केसीएलको ५१.२० प्रतिशत सेयर खरिद गर्ने सम्झौता भएको थियो ।

केसीएलको बहुमत सेयर स्वामित्व खरीद गर्ने समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकाल र केसीएल अस्ट्यूट क्यापिटलका तर्फबाट अध्यक्ष दिपक पाण्डेयले गत असार ४ गते शुक्रबार हस्ताक्षर गरेका थिए ।

गरिमा विकास बैंकले बहुमत सेयर किने पश्चात केसीएल अस्ट्यूट क्यापिटललाई गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा अगाडि बढाइने सम्झौता भएको थियो । सोही अनुसार क्यापिटलको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरिएको हो ।

सबै प्रकृया पूरा भए पश्चात कम्पनी रजिष्ट्रारको कार्यालयले चैत ७ गते केसीएल अस्ट्युट क्यापिटलको नाम गरिमा क्यापिटल बनाउन स्वीकृति दिएको थियो ।