जग्गा खरिद र प्लटिङमा बैंकहरुको लगानी बढ्दो

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

बैंकहरुले जग्गा खरिद र प्लटिङमा ३६ अर्बभन्दा बढी कर्जा लगानी गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार रियल स्टेटमा गएको कुल कर्जामा फागुन अन्तिमसम्ममा बैंकहरुले जग्गा खरिद र प्लटिङ्कको लागि मात्रै ३६ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। पछिल्लो ८ महिनामा यस्तो कर्जा ४२.७ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको अन्तिम अर्थात असार मसान्तसम्ममा बैंकहरुले जग्गा खरिद तथा प्लटिङ्गको लागि २५ अर्ब ४६ करोड रुपैयाँ कर्जा दिएका थिए तर पुस अन्तिमसम्म आइपुग्दा त्यो बढेर ३६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। यो भनेको झण्डै १० अर्ब रुपैयाँले बढेको हो।
पछिल्लो समय तरलता अभावको कारण घरजग्गाको कारोबार केही सुस्ताएको छ।

यस्तै फागुनसम्ममा बैंकहरुले रियल स्टेट क्षेत्रमा कुल २ खर्ब १२ अर्ब रुपैयाँ लगानी गरेका छन्। गत आर्थिक वर्षको असार मशान्तसम्ममा बैंकहरुको यस्तो कर्जा १ खर्ब ८३ अर्ब रुपैयाँ मात्रै थियो। चालु आर्थिक वर्षमा लगातार बढेको रियल स्टेट कर्जा १५.८ प्रतिशतले बढेको छ भने गत वर्ष फागुन महिनामा सो कर्जा ५.४ प्रतिशतले मात्रै बढेको थियो । रियल स्टेट क्षेत्रमा गएको कुल कर्जामा बैंक तथा वित्तीय संस्थाले कमर्शियल कम्प्लेक्स र अपार्टमेन्ट बनाउनको लागि मात्र २४ अर्ब ७१ करोड रुपैयाँ कर्जा दिएका छन्।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp