रिभर फल्स पावरको आइपीओमा पर्यो १४ लाख १३ हजार बढीको आवेदन
रिभर फल्स पावरको आइपीओमा १ करोड ६४ लाख ३६ हजार १४० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज जेठ ३ गते बिहान १०ः३० बजेसम्ममा १४ लाख १३ हजार ५ जना सर्वसाधारणले १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६.४७ गुणा बढी हो । कम्पनीले वैशाख २८ गतेबाट सर्वसाधारणका लागि २५ लाख ३८ हजार ९०० कित्ता सेयर जारी गरेको हो ।
कुल २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेकामा ५% अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुला भएको हो । यसमा बुधबार (जेठ ४ गते) सम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
सम्बन्धित खबर
विद्युत महसुल तिर्न अटेरी गर्दै शिवम् सिमेन्ट, अब कस्तो कदम उाठाउँछन् होला कुलमान ?
निष्क्रिय कर्जा बढेसँगै मिर्मिरे लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी कति ?
अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा
