निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।

गत वैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरुमध्य १९ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ६.२३ प्रतिशत रहेको छ ।

त्यसैगरि २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४३ प्रतिशतले वृद्धि भएको देखिन्छ । वैशाख मसान्तसम्मा वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुलकर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा १८ वटा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात(सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो)भने राष्ट्र बैंकले तोकेको सिमा भित्रनै(८९.६५ प्रतिशत) रहेको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत रहेको छ ।

नेपाल अधिराज्यभर २१३ शाखाहरु, १७० एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

विगत केहि वर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा उच्च व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकका बचत एवं मुद्दती खाताहरुमा निक्षेप कर्ताहरुको आकर्षण बढिरहेको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp