बालुवाटारमा देउवा-दाहालबीच भेटवार्ता

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा गठबन्धनलाई चुनावसम्मै अगाडी लैजाने, राष्ट्रिय सभाबाट नागरिकता विधेयकलाई पास गर्ने तथा चुनावी तालमेलको सिट बाँडफाँट लगायत समसामयिक राजनीतिक विषयमा करिव एक घण्टा ‘वान टु वान’ छलफल भएको छ ।

पछिल्लो पटक कांग्रेस सभापतिसमेत रहेका देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सुरु भएको खटपटको शंकासंगै देउवालाई भेट्न प्रचण्ड विहानै वालुवाटार पुगेका हुन् ।

स्थानीय चुनावको तालमेलमा देउवाले पेल्न काम गरेको निष्कर्ष निकालेका नेपालले पछिल्लो समय देउवासंग असन्तुष्टि पोख्दै आएका छन् । नेपालले सार्वजनिक रुपमै कांग्रेसले दम्भ देखाउन खोजेको आरोप लगाउदै आएका छन्।

पछिल्लो समय चुनावी सिट बाँडफाँटको कुरा चल्दा नेकपा एसले मागेको सिट नपाउने अवस्था विकास भएपछि माधव नेपाल असन्तुष्ट बनेको बुझिएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp