धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा समेटिएका मुख्य सात बुँदाहरु

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सेबोनले एक कार्यक्रमबीच धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। सेबोन अध्यक्ष रमेशकुमार हमालले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

बोर्डको नीति तथा कार्यक्रममा समेटिएका मुख्य बुँदा 

  • बोर्डले बुक बिल्डिङ प्रणालीलाई दिगो बनाउने योजना अघि सारेको छ । बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय स्वचालित विद्युतीय प्रणाली बनाएर दिगो र स्थापित कम्पनीहरूलाई धितोपत्र बजारमा ल्याउने ।
  • गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला गर्न थप कानुन संशोधन र परिमार्जन गर्ने ।
  • वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत आरक्षण छुट्याउने विषयमा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ संशोधन गर्ने ।
  • वस्तु विनिमय बजार सञ्चालनका लागि आवश्यक कानुन तयार गरी दरखास्त आह्वान गर्ने र अनुमतिपत्र प्रदान गरी सञ्चालन व्यवस्था गर्ने ।
  • बोर्डको जग्गा प्राप्तिको कार्य अगाडि बढाइने, सरकारद्वारा सरकारबाटै खरिद गर्ने तयारी (जिटुजी) ।
  •  बोर्डका कर्मचारीको मनोबल उच्च बनाउनका लागि कर्मचारीलाई ‘कर्मचारी सुविधा योजना’ (ओवाइभिएस) तर्जुमा गरी लागू गर्ने भएको छ ।
  • कर्मचारीलाई सवारीसाधन खरिद गर्न कर्जा उपलब्ध गराउने भएको छ ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp