युनाइटेड इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?
बीमा
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
१० साउन, काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले सभा साउन ३१ गते बोलाएको हो ।
सो सभा अनलाइन भर्चुअल माध्यमबाट बिहान ११ बजे देखि शुरु हुनेछ। साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले साउन २० गतेका दिनदेखि बुकक्लोज गर्ने भएको छ।
उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ। यसका साथै लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ।
यस अनुसार साउन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
सम्बन्धित खबर
चैतमा बिमा शुल्क १२ प्रतिशतले बढ्यो
१९ मंसिर २०८२, बिहीबार
जेनजी आन्दोलन क्षतिको बीमा दाबी गर्न नेपाल बीमा प्राधिकरणको आग्रह
१९ मंसिर २०८२, बिहीबार
एकातिर फोर्स मर्जर अर्कोतिर लाइसेन्स बाँड्ने तयारीमा बीमा समिति
१९ मंसिर २०८२, बिहीबार
