निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं बार्षिक उत्सव सम्पन्न, ८ खर्ब ७९ करोड निक्षेप दोब्बरले बढ्यो

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं बार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ । कोषले चालु आव सम्ममा ८ खर्ब ७९ करोड निक्षेप संकलन गरेको जनाएको छ । यो विगत ५ बर्षको अवधिमा दोब्बरले बृद्धि भएको हो । आर्थिक बर्ष ०७४ ०७५ मा कोषको निक्षेप संकलन ४ अर्ब ३० करोड रहेको थियो ।

गत आर्थिक बर्ष ०७८ र ०७९ सम्ममा ३३ करोड ७१ लाख निक्षेप कर्ता रहेको कोषले निक्षेप शुल्क बापत १ अर्ब ३७ करोड संकलन गरेको छ । यो विगतका बर्ष भन्दा १५ करोडले बढि हो । त्यस्तै सोहि अवधिमा सुरक्षण भएको कर्जा रकम भने २ खर्व ६४ अर्व रहेको छ । आर्थिक बर्ष ०७४ ०७५ मा सुरक्षण भएको कर्जा रकम भने १२ अर्व ३८ करोड रहेको थियो ।

त्यस्तै १०८ कर्जा सदस्य संख्या रहेको कोषले सुरक्षण भएको कर्जा शुल्क बापथ आर्थिक बर्ष ०७८र७९ मा १ अर्व ८६ करोड रकम संकलन गरेको छ । कोषबाट हाल सम्मा १७ लाख ४५ हजार संघ संस्थाले ऋण लिएका छन् भने । कोषको नाफा ४ अर्व ३७ करोड रहेका छ भने चुक्ता पूँजी १० अर्व रहेको जनाएको छ । कोषको हालसम्मको नेट वर्थ १९ अर्व ३३ करोड रहेको कोषका कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए ।

बार्षिक उत्सव कार्यक्रमको शुभकामना मन्तव्य व्यक्त गर्दै अर्थ मन्त्री जनार्दन शर्माले गरिबी निवारण तथा स्वरोजगार सृजना गर्ने क्षेत्रमा लगानी भएको कर्जा सुरक्षण गरी वित्तीय पहुँच विस्तार गर्न कोषले खेलेको भूमिकाको प्रशंसा गरे । उनले साना किसान तथा लघु उद्यमीहरुलाई लगानी बढाउने गरी नीति बन्दै गरेको र त्यस कुरालाई कोषसँग जोडेर हेरिरहेको बताए। उहाँले मुलुकको समग्र आर्थिक विकासका लागि आयात प्रतिस्थापन मुख्य विषय भएको र सोको लागि बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनै पर्ने र त्यसमा कोषको भूमिका ठूलो रहेकाे बताए ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैकको प्रभावकारी नियमनका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कम समस्या रहेको भएतापनि वित्तीय संकटको अवस्थामा कोषले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताए । सोको लागि बाधा व्यवधान रहेमा कोषको ऐन नै परिमार्जन गरेर भएपनि हटाउनु पर्ने र सोको लागि आवश्यक सबै सहयोग गर्न नेपाल राष्ट्र बैंक तयार रहेको बताए ।

कार्यक्रममा सबैभन्दा बढी निक्षेप सुरक्षण गराउने राष्ट्रिय वाणिज्य बैंक र सबैभन्दा बढी कर्जा सुरक्षण गराउने डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई सम्मान गरिएको थियो । त्यसका साथै कोषमा २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरु तथा ४९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खेलकुद कार्यक्रममा विजेता भएका कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp