Banking Khabar
Heading3

अन्तत : सरकार पछि हट्यो आइतवार विदा दिने निर्णयबाट, असार १ गतेदेखि लागू हुने

June 7, 2022
सेयर:

सरकारले आइतवार विदा दिने निर्णय खारेज गरेको छ ।

मन्त्रिपरिषदको सोमवार बसेको बैठकले यसअघि दिंदै आएको आइतवारको विदा खारेज गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ ।

गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ गतेदेखि आइतवार सार्वजनिक विदा दिंदै आएको थियो । त्यस्तो संघीय सरकारले हप्तामा दुई दिन विदा दिने निर्णय कार्यान्वयनमा ल्याएता पनि कतिपय स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए ।

हप्तामा दुई दिन शनिवार र आइतवार विदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेपछि अन्तत : सरकार आफ्नै निर्णयबाट पछि हटेको हो । परीक्षणका लागि हप्तामा दुई दिन विदा दिने निर्णय गरेको सरकारले कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम गरेको थियो ।