विदेशबाट आएको पैसा मुद्दती निक्षेपमा राखे थप १ प्रतिशत ब्याज पाइने
वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको विप्रेषण रकम (रेमिट्यान्स)लाई मुद्दती निक्षेप राखे न्यूनतम १ प्रतिशत विन्दु थप गरी ब्याजदर पाइने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९ संशोधन गरी सो व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको वा खोलिने विप्रेषण (रेमिटयान्स) बचत खातामा निक्षेप राखेमा, सो खाताबाट रकमान्तर गरी खोलिएको मुद्दती खातामा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको विप्रेषण रकम निजको परिवारले बचत÷मुद्दती निक्षेप खातामा राखेमा न्यूनतम १ प्रतिशत विन्दु थप गरी ब्याजदर प्रदान गर्नुपर्नेछ।’
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको वा खोलिने विप्रेषण (रेमिट्यान्स) बचत खातामा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दुथप गरी ब्याजदर प्रदान गर्नु पर्ने व्यवस्था थियो। यसअघि विदेशबाट रेमिट्यान्स आएको पैसा परिवारका सदस्यले मुद्दतीमा राख्दा थप १ प्रतिशत ब्याज पाइने व्यवस्था थिएन।
सम्बन्धित खबर
कामना सेवा बैंक, ठमेल शाखाद्वारा नेपाल वरिष्ठ नागरिक समाजद्वारा संचालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग
अमेरिकाले टाउकाेकाे मूल्य ५० लाख डलर ताेकेकाे कुख्यात लागुऔषध तस्कर पक्राउ
६ महीनामा करीब सात खर्ब व्यापार घाटा, भारत-चीनसँग घाटा, अमेरिकासँग भने नाफा
