Banking Khabar
Heading1

बैंक, वित्त र तिनका कर्मचारीको सुरक्षामा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

March 19, 2023
सेयर:

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीको सुरक्षामा ध्यान दिन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्। बैंक वित्तका कर्मचारीमाथि पछिल्लो समय भएको आक्रमणबारे चासो राख्दै प्रधानमन्त्री दाहालले बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीको सुरक्षा व्यवस्था मिलाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

देशको पछिल्लो सुरक्षा व्यवस्थाबारे जानकारी लिन तथा आवश्यक निर्देशन दिन प्रधानमन्त्री प्रचण्डले आज गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई सरकारी निवास (बालुवाटार) बोलाएका थिए।