कृषि विकास बैंकले रोल्पामा सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम

बैंकवित्त BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

कृषि विकास बैंकले रोल्पाको गंगादेव गाँउपालिकाको मनिमारेमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तिय पहुँच बढाउने उदेश्यका साथ बैंकको प्रदेश कार्यालय दाङ शाखा कार्यालय रोल्पाको आयोजनामा गंगादेव गाउँपालिका वडा नं ३ मनिमारेमा कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक, प्रदेश कार्यालयका निर्देशक राजेश कुमार श्रीवास्तवले गरेका थिए भने सञ्चालन शाखा कार्यालय रोल्पाका प्रबन्धक राज कुमार विश्वकर्माले गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक गोविन्द गुरुङले बैंकले कसरी बचत गर्ने, बचत गर्दा हुने फाईदा, बैंक खाताका प्रकारहरु, कसरी उद्यम शिलता विकास गर्ने, कृषि विकास बैंकले दिने विभिन्न सेवाहरु बारे जानकारी दिएका थिए ।

कार्यक्रममा वित्तिय साक्षरताको आवश्यकता एवं नेपालको आर्थिक तथा वित्तिय प्रणालीको बारेमा समेत प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिएका थिए ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp