प्रतिनिधिसभाको बैठक बस्दै, विषयगत समिति गठन गर्ने तयारी

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा विषयगत समिति गठनको कार्यसूची रहेकोछ।

संसद् सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम दशवटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ।

एमालेले विषयगत समितिमा रहनेको नाम सभामुख देवराज घिमिरेलाई बुझाइसकेको छ।

यस्तै राष्ट्रियसभाको बैठक आज दिउँसो ४ बजेर १ मिनेटमा बस्दै छ। यसअघि हिजोको लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित भएको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp