लैनचौरस्थित प्रहरी हिरासतमा रात विताएका रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै
Heading2
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
नेकपा (एमाले)का सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रह्रीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरेको थियो । एमाले कार्यकर्ताको घरमा लुकेर बसेका रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
पक्राउ परे लगत्तै स्वास्थ्य परिक्षण गराएर राती लैनचौरस्थित प्रहरी हिरासतमा राखिएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ लैजान लागिएको हो ।
