त्रि.बि को परिक्षामा सहभागी सम्पुर्ण बिद्यार्थीलाई खोपको व्यवस्था
साउन २८, काठमाडौं । लगातारको बिद्यार्थीहरुको दबाब तथा धर्ना पछि स्बास्थ्य मन्त्रालयले परिक्षामा सहभागी बिद्यार्थीहरुलाई खोपको व्यवस्था गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयका ६० हजार विद्यार्थीले कोरोना खोप पाउने छन।
त्रिभुवन बिश्वबिद्यालयले स्नातक तहको परिक्षा तालिका सार्वजानिक गरे सगैं विद्यार्थीहरु पनि आक्रोशित भएका थिए । विगत २ वर्ष देखि कोरोना महामारीका कारण स्थगीत भएको परिक्षा जसरी पनि बिद्यार्थिको भौतीक उपस्थितीमै गर्छौ भनेर त्रि.वि बि.ए, बि.वि.एस प्रथम वर्षको परिक्षा समेत सक्यो । यसै भिडभाडविच कोराना भाईरस संक्रमण पनि अत्याधिक बढ्यो ।
अब हुने परिक्षामा भने सरकारले सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।विद्यार्थीले खोप काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर लगाउन पाउनेछन् ।
विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीले आजै देखि खोप पाउने भएका छन् । काठमाडौं उपत्यकाको हकमा ५ ठाउँबाट विद्यार्थीहरुले खोप लिन पाउने छन्स्
१० निजामती अस्पताल
२० प्रहरी अस्पताल
३० सैनिक अस्पताल
४० सशस्त्र प्रहरी अस्पताल
५० राधा स्वामी आइसोलेशन
आज, भोलि र पर्सि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म खोप लगाउन पाइने र खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने छ।