गरिमा क्यापिटलले ल्यायाे “बम्पर दशैँ तिहार अफर”

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

‘हरेक नेपाली शेयरधनी’ भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेड(GCL)ले ‘बम्पर दशैँ तिहार अफर’ संचालनमा ल्याएको छ ।

गरिमा क्यापिटलले बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गतेदेखि २०८१ साल कार्तिक ३० गतेसम्मका लागी “बम्पर दशैँ तिहार अफर” आयोजना गरेको छ । यो योजना अन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकहरुले स्मार्ट वाच (Smart Watch) जित्न सक्नेछन् । यसको लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कात्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ।

ग्राहकहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँस्थित गरिमा क्यापिटलको केन्द्रीय कार्यालय, गरिमा विकास बैंकका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नेछन् ।

यो योजना अन्तर्गत https://ckyc.cdsc.com.np/login लिङ्कमा गई सिधै अनलाइन डिम्याट र मेरोशेयर खाता खोल्न सकिनेछ । साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१–४५२९१४९/५०, ५९७०१७५ र मोबाईल नम्बर ९८४७३७९१०८ भाइबर वा व्हाट्सएपमा समेत सोझै सम्पर्क गर्न सकिनेछ । अथवा क्यापिटलको सामाजिक सञ्जालहरु जस्तैः फेसबुक इन्स्टाग्राम मार्फत् जानकारी लिन पनि सकिनेछ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp