काठमाडौं, चैत २० —
गृहमन्त्री सुधन गुरूङ ले जनताको गुनासो प्रत्यक्ष रूपमा बुझ्न सक्रियता देखाएका छन्। बिहीबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अनुगमनमा पुगेका उनी राति अबेरसम्म निरीक्षणमा व्यस्त रहेपछि मन्त्रालयमै विश्राम गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत कार्यालयकै सोफामा आराम गरिरहेको तस्बिर सार्वजनिक गर्दै जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लेखेका छन् कि सरकार जनताको सेवाका लागि हो र जनताको आवश्यकताभन्दा माथि कुनै पनि संरचना नहुने उनको धारणा छ।
सचिवालयका अनुसार, विमानस्थलमा सेवाग्राहीले भोग्दै आएको समस्या र गुनासोलाई ध्यानमा राख्दै मन्त्री गुरूङ स्थलगत अनुगमनमा निस्किएका थिए। निरीक्षणका क्रममा उनले कर्मचारीलाई सेवाग्राहीमैत्री व्यवहार गर्न र अनावश्यक झन्झट नदिन स्पष्ट निर्देशन दिएका छन्।
विशेष गरी विदेशबाट फर्किएका नेपालीहरूले विमानस्थलमा भोग्नुपरेको कठिनाइप्रति गम्भीर ध्यान दिँदै उनले त्यस्ता समस्या तत्काल समाधान गर्न जोड दिएका छन्। साथै, सामान्य व्यक्तिगत सामानमा अनावश्यक जाँच नगर्न पनि सम्बन्धित निकायलाई सचेत गराइएको छ।
उनको यो कदमलाई जनताको समस्या बुझ्न प्रत्यक्ष रूपमा मैदानमा उत्रिएको प्रयासको रूपमा हेरिएको छ