११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये हालसम्म १६२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित आठ जिल्लाबाट १६२ जनाको शव फेला परेको जनाएको हो।
प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै ६४ जनाको शव फेला परेको छ। त्यस्तै धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।
बाढीपछि विभिन्न जिल्लाका नदी तथा तटीय क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। पछिल्लो विवरणअनुसार २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।