रसुवाको भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Heading3 BusinessSarokar | २० पुष २०८२, शनिबार

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो।

बाढीका कारण भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी परियारले क्षतिको विवरण संकलन तथा अवस्थाबारे जानकारी लिने काम भइरहेको बताएका छन्।

उनका अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

अचानक आएको बाढीका कारण नदीको जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई नदी आसपास नजान तथा आवश्यक सावधानी अपनाउन भनिएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp