Banking Khabar
Heading3

सामसङको नयाँ फोल्डेवल फोनले नोट सिरिजको बिक्रीलाई उछिन्यो

October 28, 2021
सेयर:

काठमाडौं– सामसङको नयाँ फोल्डेवल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिनेको छ।

हालै लन्च गरिएका सामसङ ग्यालेक्सी जेड फोल्ड ३ र जेड फ्लिप ३ स्मार्ट फोनहरुले नेपालमा छोटो अवधिमा नै किर्तिमानी कमाएका हुन्। एउटा सानो पर्सको आकारमा आएका यी फोनहरु धेरै बिक्रेता, उद्यगी ब्यवसायी एवं प्रयोगकर्ताको मन जित्न सफल भएका हुन्।

ग्यालेक्सी जेड फोल्ड ३ र जेड फ्लिप ३ स्मार्ट फोनहरुको बिक्री शुरुवात भैसकेपछि यीनको बिक्रीले यसअघि नेपालमा सर्वाधिक विक्री हुँदै आएका सामसङ ग्यालेक्सी नोट सिरिजका फोनको बिक्रीलाई समेत उछिनेको छ।

ग्यालेक्सी जेड फोल्ड ३ र जेड फ्लिप ३ स्मार्ट फोनहरुका बिक्रेता र खुद्रा बिक्रेताहरुले अहिले यी फोनको मागसमेत धान्न नसक्ने अवस्था आइसकेको बताएका छन्। उनीहरुले यी फोन प्रयोगगर्न चाहनेहरुलाई केही समय धैर्य गर्न समेत सुझाउन थालेका छन्।

ग्यालेक्सी जेड फोल्ड ३ र जेड फ्लिप ३ स्मार्ट फोनहरुमा भएको ठूलो स्क्रिन एवं आकर्षक साइज लगायतले यी फोनहरुतर्फ मानिसको आकर्षण बढाएको छ। स्मार्ट फोन प्रयोगगर्ने झण्डै ६० प्रतिशत युवापुस्ताले अहिले यी नयाँ फोनमा चासो राखेको पाइएको छ।