मध्य भोटेकोशीको आईपिओमा आवेदन दिने आज अन्तिम मिती

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

साउन ३२, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा छिटो अवधि साउन १७ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि साउन ३२ सम्म विक्री गरेको हो ।

यसअघि वैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला गरेको कम्पनीले त्यस क्षेत्रमा निषेधाज्ञा भएपछि वैशाख २४ गतेदेखि विक्री कार्य स्थगित गरेको थियो । उक्त शेयर अवस्था सामान्य भएसँगै कम्पनीले पुनः विक्रीमा ल्याएको हो ।

कम्पनीले १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँड गरिनेछ। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।

विक्री प्रबन्धकसँगै यस आईपीओ खरीदका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौं जिल्लामा ७ ओटा संकलन केन्द्र तोकि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ ।

साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने व्यवस्था छ । आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ ।

 

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp