आरटीजीएस प्रणाली शनिबार पनि सुचारू रहने
८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि,असोज ९ गते पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै “विकास ॠणपत्र २०८० ”क” को व्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएको हो । भोलि बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ । राष्ट्र
३० अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक
७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) ३० अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको हो । ७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो असोज १४ गते परिपक्क हुनेछ
आर्थिक वर्षको पहिलो महिना मुद्रास्फीति ४.३५ प्रतिशत
काठमाडौं- नेपाल राष्ट्र वैंकले आर्थिक वर्ष २०७७/०७८को पहिलो महिनाको अवस्था सार्वजनिक गरेको छ। राष्ट्र वैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मुद्रास्फीति ४.३५ प्रतिशत रहेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.३५ प्रतिशत रहेको राष्ट्र वैंकको प्रतिवेदनमा उल्लेख छ। आयात ७५.७ प्रतिशतले र निर्यात ११५.९ प्रतिशतले बढेको राष्ट्र वैंकले जनाएको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा
राष्ट्र बैंकले तोक्यो सहायक द्धितिय पदको परिक्षा केन्द्र
६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले सहयाक द्धितिय पदको लिखित परिक्षाका लागि परिक्षा केन्द्र तोकेको छ । लोक सेवा आयोगले सञ्चालन गर्ने नेपाल राष्ट्र बैंकको सहायक द्धितिय पदको २०७७ पुस ३ गते प्रकासित गरिएको विज्ञापनको परिक्षा केन्द्र तोकिएको हो । उक्त परिक्षाका लागि काठमाडौंका विभिन्न कलेज र विद्यालय गरि १६ स्थान तोकिएको छ ।
२० अर्ब तरलता थपिदै बैंक तथा वित्तीय संस्थाहरुमा
३० भदौँ, काठमाडौं । तरलता अभाव खेपिरहेको बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ । राष्ट्र बैंकले बिहीबार दुई हप्ताको लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने तयारी गरेको हो । भदौ ३१ गते बोलपत्र मार्फत क, ख र ग वर्गका वित्तीय संस्थाहरुलाई यो तरलता पठाउन लागेको
नेपाल राष्ट्र बैंकले गर्यो १४ वटा वाणिज्य बैंकको स्थलगत अनुगमन
काठमाडौं – नेपाल राष्ट्र बैंकले दर्जन बढी वाणिज्य बैंकहरुको स्थलगत सुपरिवेक्षण गरेको छ । केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले १४ वटा वाणिज्य बैंक गएर अनुगमन तथा निरीक्षण गरेको हो । जसमध्ये ८ वटा वाणिज्य बैंकको फिल्ड सुपरिवेक्षण सम्पन्न भइसकेको छ भने ६ वटा वाणिज्य बैंकमा राष्ट्र बैंक वाणिज्य बैंक सुपरिवेक्षण विभागका टोलीले स्थलगत अनुगमन तथा
नेपाल राष्ट्र बैंकले बढायो विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा
काठमाडौं– नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाएको छ। केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङमार्फत हुने कारोबारको सीमा बढाएको हो। राष्ट्र बैंकले बैंक खाताबाट वालेटमा रकम पठाउँदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ रकमान्तर गर्न सकिने गरी सीमा तोकेको छ। यसअघि
दशैं आउनु भन्दा एक महिना अघिदेखिनै नयाँ नोट वितरण
२८ भदौँ, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं आउनु भन्दा एक महिना अगाडी देखिनै बैंकहरुलाई नयाँ नोट वितरण गर्न थालेको छ । राष्ट्र बैंकले यस पटक गएका वर्षको भन्दा छिट्टै नयाँ नोटको व्यवस्था गरेको हो । कोभिड १९ को महामारीको अवधिमा नयाँ नोट लिनेको भिडभाड नहोस भनेर राष्ट्र बैंकले एक महिना अगाडी नै वितरण गर्न
५२ देशबाट झण्डै २ खर्ब लगानी
काठमाडौं- नेपालमा आर्थिक वर्ष २०७६ / ७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६ /७७’ ले यस्तो देखाएको हो । उक्त आवको असार मसान्तसम्म नेपालमा रू. १ खर्ब ९८ अर्ब ५२ करोड वैदेशिक लगानी कायम भएको छ ।