हिमालयन हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । आइतबार धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले रू.७६ दशमलव ३३ देखि २२८ दशमलव ९९ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तिन


शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार नेपाली बजारमा पहेँलो धातु अर्थात् सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले  र चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको हो । तोलामा ७०० रुपैयाँले वृद्धि भएपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।


अर्थ मन्त्रालयको उच्चस्तरीय बैठकमा गभर्नर अनुपस्थित

अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको नीतिगत वाक युद्ध चलेको लामो समय भएको छ । बीचमा सम्बन्ध केहि सुधार हुन खोजेको जस्तो देखिए पनि वाक युद्ध हाल चरमचुलीमै छ । यसैबीच गभर्नर अधिकारी अर्थ मन्त्रालयको बिहीबारको उच्चस्तरीय बैठकमा अनुपस्थित हुनुभयो । बिहीबार अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा गभर्नर


जापानी भाषा र सिप परीक्षा उत्तीर्ण गरेका नेपाली छिट्टै जापान जान पाउने

जापानी भाषा र सिप परीक्षा उत्तीर्ण गरेका ८५० जना नेपाली नागरिक छिट्टै जापान जान पाउने भएका छन् । बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानी भाषा र सिप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई एसएसडब्ल्यू प्रणालीमार्फत जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । नेपालीलाई रोजगारीका लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्न


१० हजार बोरा मल ३ महिनादेखि अलपत्र

देशभरका किसानले रासानिक मलको चरम अभाव भोगिरहँदा आयातकर्ता कम्पनी र कृषि सामग्री कम्पनीको लापरबाहीले ९ हजार ९७० बोरा युरिया मल अलपत्र परेको छ। देशको उत्तरी नाका तातोपानीमा ३ महिनादेखि करिब १० हजार बोरा युरिया मल अलपत्र अवस्थामा रहेको हो । सरकारी अनुदानको मल खरीद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले आह्वान गरेको ठेक्का पाएका


भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा नघट्ने

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ। निगमले साउन १८ गते बुधबार एक विज्ञप्ति जारी गर्दै अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य नघटाउने जनाएको हो। निगमका अनुसार १ जुलाईमा प्राप्त मूल्य अनुसार एलपी ग्यासमा प्रति


सचिव फेर्ने तयारीमा अर्थमन्त्री शर्मा

राजीनामाको २५ दिनमै पुनः अर्थमन्त्री नियुक्त हुनुभएका जनार्दन शर्मा अर्थसचिव फेर्ने तयारीमा लाग्नुभएको छ । शर्माले बजेटको अघिल्लो रात बाहिरी मान्छे ल्याएर करका दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदीय समिति गठन भएपछि असार २२ मा राजीनामा दिनुभएको थियो । संसदीय छानबिन समितिले उनीमाथि लागेको आरोप पुष्टि हुने प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि शर्मा साउन १५


३० कम्पनीको साढे ६ करोड कित्ता आईपीओ आउँदै

३० कम्पनीको साढे ६ अर्ब रुपैयाँको प्राथमिक प्राथमिक सेयर(आईपीओ) निष्कासन हुने भएको छ। कुल ६ करोड ४३ लाख ७८ हजार ६ सय ५४ कित्ता सेयर सर्वसाधारणका लागि आउनलागेको धितोपत्र बोर्डले जनाएको छ। बोर्डका अनुसार उक्त परिमाणको आईपीओ पाइपलाइनमा रहेका छन्। तीमध्ये १९ वटा कम्पनीको सेयर प्रारम्भिक अध्ययनको क्रममा, चारवटाको एकपटक अध्ययन गरेर प्रतिक्रिया पठाइएको र


बजेट कार्यान्वयन र अर्थतन्त्रलाई सबल बनाउँछुः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गर्न जोड दिइने बताउनुभएको छ । अर्थमन्त्रालयमा आइतबार पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै शर्माले बजेट कार्यान्वयन र विश्व अर्थतन्त्रमा देखिएको समयमा नेपाली अर्थतन्त्रलाई सबलीकरणतर्फ काम गर्नुपर्ने बताउनुभयो । विश्वको अर्थमन्त्रमा युद्धको कारण समस्या देखिएकाले त्यसको असर नेपालमा नपरोस भनेर नेपाली अर्थतन्त्रलाई सबलीकरण गर्न आवश्यक उहाँले बताउनुभयो । पुनः अर्थ मन्त्रालयको


कसिलो मौद्रिक नीतिले कर्जाको ब्याजदर बढ्ने देखियो : परिसंघ

नेपाल उद्योग परिसंघले राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने, वाह्य क्षेत्र तथा शोधनान्तरस्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने जनाएको छ । केन्द्रीय बैंकले उत्पादनमूलक क्षेत्रका लागि खुकुलो तथा अन्य क्षेत्रका लागि कसिलो मौद्रिक नीति ल्याएको परिसंघको ठहर छ । परिसंघले स्ट्यागफ्लेसनतिर बढ्दै