के कारण बन्द भयो याक एण्ड यती ?

काठमाडौँ — सरकारले राजधानीको दरबारमार्गस्थित होटल याक एन्ड यतिको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको भन्दै याक एन्ड यतिको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गरेको हो । पटक–पटक ताकेता गर्दा पनि सरकारलाई रोयल्टी नबुझाएपछि पर्यटनमन्त्री प्रेम


गैरकानुनी रुपमा विदेश पठाउने शैक्षिक संस्थाविरुद्ध उजुरी दिनुस्, कारबाही गर्छौं : गृह मन्त्रालय

गृह मन्त्रालयले इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थाहरुविरुद्ध उजुरी दिन आग्रह गरेको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो आएको भन्‍दै गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै त्यस्तो गैर कानुनी रुपमा काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरुविरुद्ध उजुरी दिन


विद्युतीय कारोबारमा ठगी बढ्याे, सावधानी अपनाउन राष्ट्र बैंकको ७ बुँदे सुझाव

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको र विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति /समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेका राष्ट्र बैंकले जनाएकाे छ । साेही अनुरूप राष्ट्र


एक महिनामै क्युआरबाट मात्रै ६ अर्ब ६० करोड भुक्तानी

पछिल्लो समय डिजिटल भुक्तानीमा उल्लेखीय वृद्धि भएको छ । मोबाईल तथा ईन्टरनेट प्रयोगकर्ताहरुको संख्या वृद्धि भएसँगै डिजिटल भुक्तानीका माध्यम डिजिटल वालेट, मोबाईल बैकिङ्ग, ईन्टरनेट बैकिङ्ग, कनेक्ट आई.पि.एस लगायत बाट हुने कारोबार निकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत पौष महिनामा मात्रै मोबाईल बैकिङ्गबाट ९३ अर्ब ५० करोड रुपैँया बराबरको कारोबार भएको छ ।


बैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै

बैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै गएको छ । बैंकहरू अत्यधिक पूँजीको भारमा थिचिएकाले प्रतिफलदर घट्दै गएको हो । नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा पूँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसतमा १२ दशमलव ५१ प्रतिशत रहेको छ । गतवर्ष यसै अवधिसम्ममा बैंकहरूको रिटर्न अन इक्विटी १२ दशमलव ७० प्रतिशत रहेको


पेट्रोलको मूल्य इतिहासकै उच्च

काठमाडौँ — पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मंगलबार प्रतिलिटर ३/३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोल १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मूल्यवृद्धिमा इतिहासकै सर्वाधिक हो । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ सूचीअनुसार बढेको जनाउँदै निगमले


महिला लघुवित्तको नाफामा ५० प्रतिशतको उछाल, प्रतिसेयर आम्दानी कति ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५०.५० प्रतिशतले बढि


सुन्तला बिक्रीबाट बागलुङको सिगानामा साढे दुई करोड भित्रियो

बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याए । सुन्तला टिपेर पोखरा पुर्याएका खड्काको हातमा यस वर्ष चार लाख ५० हजार हात पर्यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उनले चार लाख बचत गरे । सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ ।


प्रतितोला रु ९००ले घट्यो सुनको मूल्य

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेको छ यसको मूल्य बिहीबार प्रतितोला रु


गरिमा विकास बैंकको नाफा २५% बढ्यो, प्रतिशेयर आम्दानी रू. २४.९७

गरिमा विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३९ करोड ३५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४९ करोड