नेपाल ल्यूव आयलको १० प्रतिशत बोनस शेयर सूचीकृत

४ असोज, काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडको १० प्रतिशत बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २९ हजार १०७ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।


तेह्रथुम पावर कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल

४ असोज, काठमाडौं ।  तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेड बीच बिहीबारको दिन द्विपक्षीय सम्झौता भएको हो । उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल


नेप्सेमा ११४ अंकको ‘अत्यासलाग्दो’ गिरावट, यी ७ कम्पनीको सेयर मूल्यमा लाग्यो नकारात्मक सर्किट

४ असोज, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार नेप्सेमा ११४ अकंले पहिरो गएको छ । लगातार तीन दिनको बन्दपछि आज खुलेको शेयर बजार सुरुवात देखिनै गिरावट देखिएको थियो । आज सेयर बजार (नेप्से) ११४ दशमलब ०२ अकंले घटेर २६९८ दशमलब २५ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १९ दशमलब


असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै बुद्धभुमि नेपाल हाइड्रोपावर

३ असोज, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन अनुमति पाएकोमा ४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ


आईपीओ निष्कासनको तयारीमा अप्पर स्याङ्गे हाइड्रोपावर

काठमाडौं– अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ। शुक्रबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव लैजाने निर्णय गरेको हो। सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्तावसमेत पेश


डिप्रोक्स लघुवित्तले २१ प्रतिशत लाभांश दिँदै

काठमाडौं– डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत लाभांश दिने भएको छ। लाभांशसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तको साधारण सभा चितवन गार्डेन रिर्सोट, भरतपुरमा हुँदै छ। सभाले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ। साथै सभाले संस्थाको साधारण


बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ असोज ११ देखि

काठमाडौं– बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुने ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको


करिब १४ लाख कित्ता आईपीओ निष्कासनको तयारीमा विकास हाइड्रोपावर

काठमाडौं– विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै छ। कम्पनीले सर्वसाधारण लगानी कर्ताका लागि १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न लगेको हो। कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले सेयर निष्कासन


आँखुखोला जलविद्युत् कम्पनीको सेयरको ‘लक इन पिरियड’ समाप्त

काठमाडौं– आँखुखोला जलविद्युत् कम्पनीको संस्थापकतर्फको र आयोजना प्रभावित स्थानीयमा वितरण भएको सेयरको ‘लक इन पिरियड’ समाप्त भएको छ। लक इन पिरियड समाप्त भएसँगै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले कम्पनीको सेयर कारोबार फुकुवा गर्ने भएको छ। कुनै पनि कम्पनीको संस्थापकतर्फको सेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले तीन वर्ष र आयोजना प्रभावित स्थानीयको सेयर बाँडफाँट भएको सेयर तीन वर्षसम्म कारोबार


कुन बीमा कम्पनीको कति छ सेयर बजारमा लगानी ! (पूरा पढ्नुहोस्)

काठमाडौं – बीमा कम्पनीहरुले सेयर बजारमा करिब साढे १४ अर्ब लगानी गरेका छन् । गत आर्थिक वर्षमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले सुचीकृत पब्लिक कम्पनीहरुको साधारण सेयरमा १४ अर्ब ४४ करोड ६८ लाख रुपैयाँ बढी लगानी गरेका हुन् । बीमा समितिले बीमकको लगानी निर्देशिका २०७५’ जारी गर्दै तोकिदिएको दायरामा रहेर कृषि, पर्यटन, जलस्रोत, घरजग्गा, पूर्वाधार,