Banking Khabar
Heading2

घट्यो सुनको मूल्य

September 6, 2021
सेयर:

काठमाडौँ – सोमबार सुनको मूल्य एक सयले घटेर ९१ हजार ४ सयमा पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।