Banking Khabar
Heading2

लक्ष्मी बैंकको १३६औं शाखा पोखराको बिरौटामा

September 15, 2021
सेयर:

काठमाडौं– लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १३६औं शाखा कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालनमा ल्याएको छ।

यो शाखामार्फत् बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

यससँगै लक्ष्मी बैंकको ४९ जिल्लामा १३६ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६६ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।

यो शाखाको साथ बैंकले आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने विश्वास राखेको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको दाबी गरेको छ।