अपार्टमेन्ट किन्दै हुनुहुन्छ ? अब रिङरोडमा नै सुविधा सम्पन्न अपार्टमेन्ट मात्र ८० लाखमा (पूरा पढ्नुहोस)

३ आश्विन २०७८, आईतवार ०६:२९

काठमाडौं -धुमबाराहीस्थित रिङरोडबाट नजिकै सनसाइन अपार्टमेन्टमा २ वटा १३ तले भवन निर्माण भइरहेको छ । र, अहिले सम्पूर्ण काम सकाएर दशैं अगावै वा दशैं लगत्तै बुकिङ ओपन गर्ने तयारी भइरहेको छ ।

पछिल्लो समयमा राजधानीभित्रै ३ देखि ३० करोड रुपैयाँसम्मका अपार्टमेन्ट निर्माण भइरहेका बेलामा शाक्यको कम्पनीले भने मध्यम वर्गीय परिवारलाई लक्षित गरी अपार्टमेन्ट निर्माण गरेका हुन् ।

भवनमा ७ सयदेखि १२ सय स्क्वायर फिटसम्म क्षेत्रफल भएको टु बीएचकेदेखि थ्री बीएचकेसम्मका अपार्टमेन्ट उपलब्ध हुनेछन् । कम्पनीका अनुसार ४ रोपनी क्षेत्रफलमा फैलिएको अपार्टमेन्टमा शुरुवाती मूल्य ८० लाख रुपैयाँदेखि १ करोड ५० लाख रुपैयाँसम्म तोकिएको छ ।

करिब १ सय करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न गरिएको अपार्टमेन्टको सम्वभतः दशैं अगाडिदेखि नै बुकिङ ओपनिङ गरिनेछ ।

शाक्यले असोज १ गते आइतबारदेखि नै गुण एयरलाइन्सको व्यवसायिक उडान ८ वर्षपछि फेरि शुरु गरेका छन् । गुण ज्वेलर्स, गुण सिनेमा, गुण हाउजिङ तथा अपार्टमेन्ट, गुण कोअपरेटिभ, जीजी टावर, होटल सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *