नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर
४ आश्विन २०७८, सोमबार १२:३७
४ असोज, काठमाडौं । नेपाल क्लिरिङ हाउसले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न १३ पदका लागि आवेदन खुलाएको हो ।
कम्पनीले जारी गरेको विज्ञापन अनुसार प्रोजेक्ट कोअर्डिनेटर , सिनियर टेक्निकल एनलाइसिस्ट , सिनियर फ्रन्टएन्ट डेभलपर , फ्रन्टएन्ट डेभलपर , डेभलपररएनलाइसिस्ट , बिजनेश एनलाइसिस्ट , क्युए इन्जिनियर, इसिसिरआइपीएस इन्चार्ज , सर्पोट एक्जिक्युटिभ, सपोर्टरअपरेशन एक्जिक्युटिभ, बिजनेश डेभलपमेन्ट एक्जिक्युटिभ र डिजिटल मार्केटिङ एक्जिक्युटिभ एक जना गरि १३ जनाको लागि आवेदन खुलेको हो ।
इच्छुक व्यक्तिले नेपाल क्लियरिङ हाउसको अनलाइनबाट २९ सेप्टेम्बरसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ