Banking Khabar
Heading2

फोनपेबाट कुनै पनि बैंकमा पैसा पठाउँदा १० रुपैयाँ मात्र लाग्ने, दुई लाखसम्म पठाउन मिल्ने

September 20, 2021
सेयर:

४ असोज, काठमाडौं । फोनपे डाइरेक्ट मार्फत कुनैपनि बैंकमा २ लाख रूपैयाँसम्मको रकम १० रुपैयाँ शुल्क तिरेरै पठाउन सकिने भएको छ।

फोनपे डाइरेक्टमार्फत १०० देखि २ लाखसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि १० रुपैयाँ मात्रै शुल्क लाग्ने भएको हो । यो शुल्क नेपालमा अन्तर बैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो ।

यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो। फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठुलो माइलस्टोन मिल्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिनेछ ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपेमा हालसम्म ५ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् । १ करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।